निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच
१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो ।विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् ।Advertisementयो समस्याले आएका सबै विद्यार्थीलाई विद्यालयको भौतिक पूर्वाधार र शिक्षक अभावका कारण भर्ना लिन नसकेको उनले बताए । विद्यालयमा अहिले विद्यार्थी संख्या करिब ३८०० पुगेको छ ।अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने र आफ्नै स्कुल बस भएकाले पनि बुटवलको कान्ति मावि विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो । यो विद्यालय लुम्बिनी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ ।उता डो...