जनस्तरबाटै शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिने
शिक्षा क्षेत्रमा सुधारका लागि सरकारद्वारा गठित आयोगले प्रतिवेदन बुझाएको झन्डै २ वर्ष बितिसकेको छ तर अझैसम्म सरकारले त्यसलाई सार्वजनिक गरेको छैन । सरोकारहरुवालाहरुको भगीरथ प्रयत्नका बाबजूद त्यसलाई सार्वजनिक गर्ने र लागू गर्ने सवालमा सरकार चरम उदासीन देखिएको छ । यो स्थितिमा सो पूर्व आयोगमा रहेका १३ जना सदस्यहरु आफैँले अहिले सो प्रतिवेदन सार्वजनिक गर्दैछन् ।देशकै पहिलो सार्वजनिक विद्यालय दरवार हाइस्कूल, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आज दिनको ११ बजेबाट ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन– २०७५’ सार्वजनिक गर्ने काम भइरहेको छ ।Advertisementआयोगका एक पूर्व सदस्यले रातोपाटीसँग कुरा गर्दै सरकारले शिक्षा माफियाहरुको प्रभावमा परेर सो प्रतिवेदनलाई लुकाएको आरोप लगाएका छन् । पूर्व माओवादीका तर्फबाट शिक्षामन्त्री बनेको गिरिराजमणि पोखरेलेको...