त्रिशूलीले बन्द गर्यो स्वाब संकलन
त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अब देखि नलिने भएको छ ।
अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।
Advertisement
उनका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो ।
अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द...