२०८१ पुष ७

Tag: banks of nepal

निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?

निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDUकाठमाडौं । चालु आर्थिक आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले एकाघर परिवार तथा संस्थाको समान सेयर स्वामित्व भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने व्यवस्था गरेको छ ।मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने सिलसिलामा राष्ट्र बैंकले गत साउन १४ गते बैंकहरुलाई सम्पूर्ण संस्थापक सेयरधनीहरुको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । जसअनुसार सबै बैंक तथा वित्तीय संस्थाले विवरण पठाइसकेका छन् ।राष्ट्र बैंकले बैंकहरुसँग सेयरधनीको विवरण माग गर्नुको मुख्य उदेश्य नै एकाघर परिवार तथा संस्थाको तोकिएको सीमाभन्दा बढी समान सेयर स्वामित्व भएमा फोर्सफुल्ली मर्जरमा जानका लागि निर्देशन दिन हो ।हाल नेपालमा २७ वटा वाणिज्य बैंक, २० वटा विकास बैंक, २१ वटा वित्त कम्पनी र ८८ वटा लघुवित्त कम्पनीहरु छन् । यी संस्थाहरुमा एकाघर परिवार तथा ...