सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी सरह बनाउनुपर्छः प्रमुख शाक्य
साभार: रातोपाटीकाठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताएका छन् । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताए ।Advertisementआजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरे । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयो...