
चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक
चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ ।पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ ।Advertisementयसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ । चिनियाँ सेनाले यो इलाकामा आफ्ना जवानलाई तालिम दिने गर्दछ । यद्यपि, मोर्चामा उसका सैनिक अहिले पनि तैनाथ छन् । साथै त्यहाँ गत वर्ष मे मा भारत र चीनबीच भड्किएको तनावपछि तैनाथ गरिएको भारी बन्दोबस्त पनि यथावत् छ । खबरका अनुसार लगभग डेढ सय किलोमिटरको यो तालिम गर्ने इलाका एलएसीको भारतीय हिस्सासँग जोडिएको छ । भारतीय सेनाले पनि चिनियाँ गरेको बन्दोबस्तलाई मध्यनजर गर्दै भारी सामान र लगभग...