काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण
काठमाडौं । नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना सक्रमणपछि बडु, पाण्डे, परियार, यादव, सिद्दिकी र घिमिरेला होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणमा उनीमा कोरोना संक्रमण देखिएको हो ।
Advertisement
शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो । पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका ल...