अब विद्यालय स्तरबाटै फिल्म पढ्न पाइने
साभार: रातोपाटीकाठमाडौं । अब विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताए ।यो बर्ष अव भ्याइदैन होला । पुस्तकहरु बाहिर आइसकेका छन्’ अध्यक्ष दाहालले भने ‘अर्काे वर्षबाट पाठ्यपुस्तकै फिल्म समेटिने छ ।’ फिल्मको विषय पाठ्यपुस्तकमा समेट्नका लागि पाठ्यक्रम विकास केन्द्रमा पटक पटक छलफल भएको समेत दाहालले जानकारी दिए ।अर्काे बर्ष पाठ्यपुस्तकमा फिल्म समेटिने धेरै सम्भावन रहेको छ’ दाहालले थपे ।पाठ्यपुस्तक बिकाश केन्द्रका महानिर्देशक, संयोजकले हामी तपाईहरुसँग सल्लाह गर्न खोजिरहेका थियौ । तपाईहरु आफै आउनु भएछ । ठिकै भयो भनेर पुस्तकमा फिल्म समेट्न सकारात्मक देखिएको दाहालको भनाइ छ ।पाठ्यापुस्तकमा फिल्म स...