खसीबोका बेच्न काठमाडौं आउने किसान घटे
७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् ।काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् ।Advertisementकोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा ...