आयोगको निर्णयसँगै नेकपा आधिकारिकता ‘च्याप्टर’ समापन
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । आयोगको निर्णयसँगै आधिकारिक नेकपा आफूहरु रहेको दाबी गरे ।
अध्यक्ष नेपालले भने– ‘निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।’ चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।
Advertisement
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानि...