मर्ने डरले रातभरि आँखा बन्द गरिनँ
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्।
संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको नियमित परामर्शमा छन्।
फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।
मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।
बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए।
'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।
घरमै बसिरहेका उन...