नबिल बैंकको नाफा रु. ५ अर्ब माथि, ८३.६२%ले बढ्यो खुद ब्याज आम्दानी
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफामा उत्साहजनक बढोत्तरी भएको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.६३ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो।
यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी...