घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था
Credit: CLICKMANDU
काठमाडौं । तपाईं बैंकबाट ऋण लिएर व्यक्तिगत प्रयोगका लागि घर तथा गाडी किन्न खोजिरहनु भएको छ भने तपाईंका लागि खुसीको खबर छ ।
अब तपाईंले बैंकबाट लिएको ऋणको ब्याजदर बढ्ने छैन । कर्जाको अवधिभर तपाईंले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ ।
बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित व्याजदर कायम गर्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँगको जुम मिटिङमा मगंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टर्म लोन लिने ऋणीका लागि फिक्स्ड ब्याजदर कायम गर्न निर्देशन दिए ।
राष्ट्र बैंकले मंगलबार नै एकिकृत निर्देशन २०७७ जारी गर्दैछ । उक्त निर्देशनमा व्यक्तिगत प्रयोजनका टर्म लोन लिने ऋणीका लागि ब्याजदर फिक्सड गर्...