सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् ।
नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् ।
फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् ।
तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपा...