२०८१ मंसिर ५

Tag: Nepal

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

राजनीति, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यसअघि उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै उहाँले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो । विदेशसचिवको कार्यभार सम्हालेपछिको य...
राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजनीति
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्। प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्। यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।
बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC

बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC

स्वास्थ्य
हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै गएपछि वृद्धवस्थामा कानको भित्री भागका नसाहरु खिइँदै जान्छ, जसले श्रवणशक्ति कम हुँदै जान्छ । वृद्धावस्थामा कुनै पनि व्यक्तिले एक्कासि कान सुन्न छोड्ने होइन । यो समस्या उमेर ढल्किंदै गर्दा बिस्तारै बिस्तारै देखा पर्छ । सुरु–सुरुमा आवाज त सुनिन्छ, तर प्रस्ट नबुझिने हुन्छ । त्यसपछि होहल्ला भएको ठाउँमा राम्ररी नसुन्ने र बिस्तारै कम हुँदैै सुन्दै नसुन्ने समस्या पनि हुन्छ । वृद्धावस्था भएका शतप्रतिशत मान्छेको नै श्रवणशक्ति कम हुन्छ वा गुम्छ भन्ने हुँदैन । ७५ वर्षको उमेर समूहका व्यक्तिमध्ये आधाको श्रवणशक्ति कम हुन्छ । ८० वर्षसम्ममा धेरैलाई यस्तो समस्या देखा परिसक्छ भने ९० वर्षसम्म लगभग सबैलाई नै यो समस्या देखिन्छ । सबैलाई एकै ...
घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

अन्तर्वार्ता, अर्थतन्त्र
घरको भित्तामा थरीथरीका रंगरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन । घरलाई चिरिच्याट्ट बनाउन यस्ता अनेक विधि अपनाउने गरिएको छ । यसैको सिलसिला हो, वालपेपर पनि । भित्तामा रंगरोगन लगाउन साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ । यद्यपि कस्तो घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रंग बिग्रिन्छ वा बिग्रिंदैन ? उपभोक्तामा थुप्रै जिज्ञासा हुनसक्छ । वालपेपरको डिजाइन वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । बैठक कोठा र शयन कक्षको भित्तालाई आकर्षक बनाउन विभिन्न फूल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपर पनि बजारमा छनोट गर्न सकिन्छ । कति पर्छ मूल्य ? ५६ स्क्वायर फिटको रोलमा यो उपलब्ध हुन्छ । एक रोल वालपेपरको १६ सय...
जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा

जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला
त्यो बेला समुद्र तरेर जानु राम्रो मानिन्थेन। विदेशिँदा समाजले अस्वीकार नै गर्थ्यो। त्यसमाथि बेलायतले भारतमाथि शासन गरिरहेकै बेला थियो। त्यस्तो परिवेशमा मद्रासका ब्राह्मण श्रीनिवास रामनुजनले यी सबै घेरा नाघ्ने हिम्मत गर्लान्? यो कथा बीसौं शताब्दीतिरको हो। रामानुजन एक गरिब परिवारका युवा हुन्, कामको खोजीमा भौंतारिरहेका छन्। कुनै औपचारिक डिग्री नभएका उनी कार्यालयहरूमा काम गर्न चाहन्छन्। आफूले बनाएका केही नोट र टिपोट नै उनको प्रमाणपत्र हो। ती कागजात हेरेर कतिले उनको तारिफ पनि गर्छन्। तर जागिर कसैले दिँदैनन्। कमाइ नभएकै कारण उनले भर्खरै बिहे गरेकी श्रीमतीलाई आफूसँग राख्न सकेका छैनन्। दिनरात भौंतारिरहेका बेला एक दिन उनी एक ठाउँमा पुगेर अडिन्छन्। त्यहाँका हाकिमले उनलाई काम दिन्छन्। उनी रामानुजनको काम देखेर प्रभावित हुन्छन्।&n...
चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता
फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो। उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार भएपछि थप कपडा दिएर जम्मा दस वटा ज्याकेट बनाए। फेसबुक र इन्स्टाग्राममा 'डिस' नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो। सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड 'डिस' थप्ने निधो गरे। 'डिसलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौं। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौं,' सुरज भन्छन्, 'उत्पादन थालेको छोटो समयमै बजारमा माग बढेको छ।' डिसले खासगरी युवा ग्राहकको रोजाइअनुसार जाडो र गर्मीयाम दुवैका लागि उपयुक्त ज्याकेट उत्पादन गर्छ। विन्डप्रुफ (हावा नछिर्ने) ...
तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

SYM शुद्ध सकारात्मकता
भारतीय राज्य राजस्थानको विकानेर सहर भुजियाको उद्गम थलो मानिन्छ। अहिले पनि नेपाल, भारतको भुजिया बजारमा बिकानेर, बिकाजी, हल्दिराम जस्ता भुजियाको जगजगी छ। विदेशी कम्पनीका धेरै उत्पादनले बजार कब्जा गरेकै बेला पनि विराटनगरको 'जोशी भुजिया' एउटा यस्तो स्थानीय उत्पादन बनेको छ, जसले ४६ वर्षदेखि आफूलाई बजारमा टिकाइरहेको छ। यसले आफूलाई टिकाएको मात्रै छैन, उत्पादक जोशी परिवारलाई कहिल्यै निराश पनि बनाएको छैन। बरू परिवारको चौथो पुस्ताका सदस्यसम्मलाई यो पुस्तैनी व्यापारले आकर्षित गरेको छ। २९ वर्षे प्रशान्त शर्मा जोशी यसैका उदाहरण हुन्। उनले बैंगलोरमा पढे। एमबिए सकिएपछि उनी कुनै स्थापित र ठूलो कम्पनीमा आफ्नो शैक्षिक योग्यताको व्यावहारिक परीक्षण गर्न चाहन्थे। विराटनगरमा रहेको आफ्नो पुस्तैनी व्यापारलाई करिअर बनाउने योजना बनाइसकेका उनलाई स्थापित कम्पनीहरूको बजार यो...
जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्। गुफा राख्नु अघि 'नौंनी' ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नौंनी भनेको नङ काटिदिने महिला हुन्। चलनअनुसार साथीलाई गुफा राख्ने कर्म सुरू भयो। आयुषा पनि त्यही जमातमा परिन्।  उनको पनि खुट्टामा अलः लाग्यो। अलः को रङ लगाएपछि खुट्टामा देखिएको चमकले आयुषालाई लोभ्यायो।  'अलः लगाएको मलाई निकै मनपर्‍यो। त्यसैले साथीकी आमासँग मागेर घर लगेँ,' आयुषाले भनिन्, 'घर लगेको अलः फेरिफेरि लगाएँ।'  अलः रातो रङको तरल पदार्थ हो जुन खुट्टाको नङ काटेर सफा गरेपछि लगाइन्छ। नैंचा आफैंले अलः ल्याउने चलन छ। गुफा राख्ने, विवाह कर...
के नाफा खोज्नु पाप हो?

के नाफा खोज्नु पाप हो?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। सांसद चुनिएपछि समाजमा व्याप्त समस्यालाई विधायिकी सुव्यवस्थामार्फत् कसरी समाधान गर्ने भन्नुको सट्टा उनीहरू आफूलाई विकासे दूतका रूपमा प्रस्तुत गर्छन्। नियम-कानुन सरल, स्पष्ट र पारदर्शी बनाई जनताले भोग्दै आएका अप्ठ्यारा सजिलो बनाउनुपर्नेमा सडक, पुल, भवन बनाइदिन्छु भनी बाचा गर्ने सोच-शैलीको पृष्ठभूमि राज्यवादी अर्थ राजनीति नै हो। जनतामा भएको स...
अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको सहरिया जीवनशैलीमा घुलमिल भएका धेरैले सुनेको नाम हो 'वाउ पपकर्न'। कतिपय त 'वाउ पपकर्न नै दिनु न' भनेर किन्छन् पनि। पपकर्न पारखीको मुखमा यो नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो। नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा पुर्‍याउने पहिलो कम्पनी पनि यही हो। चार वर्षअघि दुइटा पसलबाट बिक्री थालेको वाउ पपकर्नका अहिले ८० भन्दा बढी पसल भइसकेका छन्। कम्पनीका सञ्चालक शुभाकर मानन्धरका अनुसार आगामी एक वर्षसम्ममा थप दुई सय वटा आउटलेट सञ्चालन गर्ने तयारी छ। 'लकडाउन नभएको भए त हामीले खोलिसक्थ्यौं, आगामी वर्षसम्ममा चाहिँ खोल्छौं,' उनले सेतोपाटीसँग भने। वाउ पपकर्नले हाल एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा झन्डै पाँच सय जनालाई रोजगारी दिएको शुभाकर बताउँछन्। 'यो संख्या धेरै त होइन तर एउटा आउटलेटको भरमा आफ्नो परिवार पाल्ने...