२०८१ चैत्र ३१

Tag: Nepal

काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

देश, समाचार
काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ। खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। Advertisement प्रहरी घटनास्थल पुगेको छ। शव कसको हो भन्ने पहिचान खुलेको छैन। करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ...
काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता

काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता

देश, राजनीति, समाचार
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। Advertisement वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ। तस्बिरहरू: ...
विराटनगरमा स्वतन्त्र उमेदवारले दर्ता गराए मनोनयनपत्र 

विराटनगरमा स्वतन्त्र उमेदवारले दर्ता गराए मनोनयनपत्र 

देश, राजनीति, समाचार
विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनको उमेदवारी मनोनयनपत्र दर्ता सुरु भएको छ । आइतबार विराटनगर महानगरपालिका वडा नम्बर–१० को अध्यक्षमा माधव वाग्लेले मनोनयनपत्र दर्ता गराएका छन् । उनी यसअघि स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए । सोही वडामा मोहन साह हलुवाईले पनि वडा सदस्यमा मनोनयनपत्र दर्ता गराएका छन् । Advertisement ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले टिकट नदिएपछि वाग्ले स्वतन्त्र उमेदवार बनेका थिए । विराटनगरस्थित रेडक्रसको भवनमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा वडाध्यक्ष र दुई सदस्यका लागि पहिलो उमेदवारी दर्ता भएको छ । कार्यालयका प्रमुख निर्वाचन अधिृकत भरत लम्सालले आज बिहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको बताए । मनोनयन दर्ता आज बेलुका ५ बजेसम्म र सोमबार पनि हुनेछ । मोरङको रंगेली नग...
२५ वर्षदेखि चियाको साथी बनेको ‘खजुरीको’

२५ वर्षदेखि चियाको साथी बनेको ‘खजुरीको’

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
हामीमध्ये धेरैलाई चियामा चपक्क चोबेर केही खान मन पर्छ। यसरी खाँदा याद गर्नुभएको छ कि छैन, अधिकांश बिस्कुट र कुकिजको ब्रान्ड नाम हुन्छ- खजुरीको। अझ पफको बजारमा त खजुरीकोले राज नै गरेको छ। करिब २५ वर्षदेखि खजुरीको हाम्रो चियाको साथी बनिरहेको छ। समयसँगै उपभोक्तालाई विभिन्न स्वादमा बिस्कुट, कुकिज र पफ चखाइरहेको खजुरीको सुरूमा घरेलु उद्योगका रूपमा २०५२ सालमा ललितपुर, चापागाउँमा आधिकारिक रूपमा सुरू भएको हो। बुबाले घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्ने गरेको घरायसी उद्योगलाई छोरा जगन्नाथ महर्जनले ब्रान्ड बनाएर बजार विस्तार गरे। सानैदेखि बुबालाई व्यवसायमा सघाउने जगन्नाथले पढाइ सकेपछि जिम्मेवारी सम्हालेका हुन्। 'हामी पहिलेदेखि घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्थ्यौं। पढाइ सकेपछि मैले व्यवस्थापनको जिम्मा लिएँ,' जगन्नाथले भने, 'त्यति बेला घरमा उत्पादन गरेको खानेकुरा ...
मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्। यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उनले बताए। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए। ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’ Advertisement उनले केही नयाँ मन्त्री आउन सक्ने बताए। ‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभएको र माधव नेपालजीले पन...
आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनीहरू मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बनाउँछन्। यीमध्ये मेथी र डल्ले खुर्सानी अचारको माग बढी छ। डल्ले खुर्स...
राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट : चन्द्रप्रसाद ढकाल

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट : चन्द्रप्रसाद ढकाल

अर्थतन्त्र, आर्थिक
१२ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको उनको भनाइ छ । Advertisement ‘राजश्व संकलन शत प्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्या समेत सिर्जना भएको छ,’ पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले तरलता संकट समाधानका लागि नेपाल सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्ने बताए । संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्न...
किन र कसरी दिइन्छ राष्ट्रिय विभूषण?

किन र कसरी दिइन्छ राष्ट्रिय विभूषण?

देश, समाचार
सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ। त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ। संविधान दिवसको अवसरमा आइतबार सरकारले ९०३ जनालाई विभुषणद्वारा सम्मान गर्ने घोषणा गरेको छ। यो विभूषण एक कार्यक्रम आयोजना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट दिइने गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेका अनुसार यसपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ। त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन्। विभुषणमा प्रचण्ड पत्नी सीता दाहाल, लोकगायिका विष्णु माझी, डाक्टर सन्दुक रुइतदेखि  पूर्वप्रधानमन्त्री झलनाथ खनालसम्म छन्। Advertisement प्रचण्ड पत्नी सीतालाई राजनीतिक अभियन्ताको रूपमा विभूषणदिने निर्णय भएको छ। विभूषणघोषणा भएसँग...
ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

अन्तर्वार्ता, देश, मनोरञ्जन / कला, राजनीति, समाचार
नेपाली पत्रकारिता क्षेत्र मा ऋषि धमला निक्कै पुरानो तथा कहिले लायिमलाइट बाट नहराउने पत्रकर मध्ये एक हुन्। केहि दिन अघाडी संजय सिलवाल गुप्त द्वारा आयोजन गरिने साप्ताहिक कुराकानी संस्करणमा ऋषिले रोक्चक प्रसङ्ग हरु चर्चा गरे। ति प्रसस्न्गा हरु मध्ये एक निक्कै रोचक प्रसंग प्रचण्ड संग को पहिलो भेट र अन्तरवार्ता बारे थियो। Advertisement ऋषिले त्यो मध्यरात्री अन्तरवार्ता सम्झिदै प्रचण्ड द्वारा गरिएको आफ्नो प्रसंसा बारे सम्झिए। प्रचण्ड ले उनको तत्कालिन समयमा नेपाल १ टेलिभिजन मा आउने गरेको कार्यक्रम हेर्ने गरको उनले बताए। ऋषि धमला को कपाल कोर्ने अन्दाज पहिले को प्रचण्ड संग मिल्दछ। स्वाही कुरा लाइ एङ्कित गर्दै ऋषि ले भन, " धेरैले मैले प्रचण्ड को सिको गरेको भन्थ्ये। तर यो सन्जोग मात्र हो र सधै एउटा हासो ठट्टाका रुपमै चलिआएको छ। स्वाही अन्त...
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

देश, राजनीति, समाचार
नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव एक वर्षको अन्तरालपछि राजधानीमा आज भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो भने भारतले आजै भएको अर्को एक सार्वजनिक कार्यक्रममा सोही विषयमा जोड दिँदै ऐतिहासिक एवं मानव सभ्यतासँग जोडिएको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने दृढता व्यक्त गरेको छ ।  कोभिड–१९ सङ्क्रमितको उपचारका लागि भारतीय जनता र सरकारका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई २ हजार भाएल रेम्डिसिभिर इञ्जेक्सन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मन्त्रालयको प्रेक्षालयमा हस्तान्तरण गरेपछि भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्...