
कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय
Credit: CLICKMANDU
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम जनतालाई भ्रमित पार्ने गरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ ।
मन्त्रालयले पत्रकार सम्मेलन गरेर बिभिन्न समाचार माध्यमहरुमा जग्गाको कित्ताकाट व्यवस्थित गर्ने निर्णयलाइ अतिरञ्जित ढंगबाट व्याख्या गरी, सम्बन्धित अधिकारी र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालमाथि बिभिन्न झूटा र मनगढन्त आरोप लगाएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रस्तावित भूउपयोग नियमावली जारी नहुन्जेलसम्मका लागि जग्गाको कित्ताकाटबारे गएको भदौ १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको छ ।
भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र...