२०८१ कार्तिक २

Tag: Nepal

कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी संयुक्त अधिराज्य बेलायतले नेपालमा कोरोना भाइरसका कारण उत्पन्न समस्या सम्बोधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। Advertisement अर्थमन्त्री डा.युवराज खतिवडा र बेलायतका विदेश तथा समाजकल्याण अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा बिहीबार भिडिओ कन्फ्रेन्स भएको थियो। उक्त छलफल क्रममा अहमदले नेपाललाई उक्त सहायता उपलब्ध गराउने घोषणा गरेका अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त छलफलमा अहमदले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग गर्न बेलायत सरकार इच्छुक भएको बताएका थिए। छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालका...
ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

देश, राजनीति, समाचार
साभार: सेतोपाटी पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छोडेका छन्। २०७४ फागुनमा मन्त्री बनेदेखि बाँस्कोटा प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदका क्रममा ७० करोड कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले गत फागुनमा मन्त्रीबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनी बालकोटस्थित ओली निवासमै बस्दै आएका थिए। Advertisement लोकन्थलीमा रहेको घरलाई पुननिर्माण गर्नु परेकाले बाँस्कोटा बालकोटमै बसेका थिए। अहिले  उनले लोकन्थलीमा रहेको साढे १ तले घरलाई साढे २ तले बनाएका छन्।  घरको सबै काम सकिएपछि भदौ ४ गते आफ्नो घरमा सरेको उनले बताए। 'म मन्त्री हुँदा पुल्चोक क्वार्टरमा घर खाली थिएन मेरो घर सानो थियो। त्यही भएर म प्रधानमन्त्रीको निजी...
बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ। विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।  आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ। ...
नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

अर्थतन्त्र, बैँक/ बीमा
Credit: CLICKMANDU काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले डलर अर्बपतिको सूचिमा समावेश गरेका एकमात्र नेपाली व्यवसायी हुन् विनोद चौधरी । चौधरीलाई अर्बपति बनाउन सबैभन्दा ठूलो भूमिका के ले खेल्यो होला भन्ने जिज्ञासा तपाईंको मनमा आउन सक्छ । किनभने उनी फोर्ब्सको अर्बपतिको सूचिमा परेका पहिलो नेपाली व्यवसायी हुन् । जसकारण उनको चर्चा हुन स्वभाविक नै हो । चौधरीलाई अर्बपतिको सूचिमा पुर्याउन मूख्य भूमिका खेल्ने संस्था हो नविल बैंक । चौधरी र उनको परिवारसँग नविल बैंकको ५० प्रतिशत बढी सेयर स्वामित्व छ । अहिले नविल बैंकको बजार पुँजीकरण ८३ अर्ब ७० करोड ८६ रुपैयाँ रहेको छ । जसका आधारमा चौधरीको ४५ अर्ब रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नविल बैंक हो । अब तपाईंको मनमा अर्को प्रश्न उठ्न सक्छ- चौधरीलाई अर्बपति बनाउन ठूलो भूमिका खेल्ने नविल बैंकले सर्वसाधारण लगानीकर्तालाई के...
कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

शिक्षा, समाचार
साभार: शिक्षालय निजी विद्यालय सञ्चालकहरु भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गर्नुभयो । ‘यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उहाँको भनाइ थियो, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारी विना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिनन सक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गर्नुभयो । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णयअनुसार यही शैक्षिक शत्रबाट ...
चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

समाचार, स्वास्थ्य
कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ। परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए। उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए। 'चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,' ज्ञवालीले भने। उनले चीनको 'होङ्सी ग्रुप' पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए। ज्ञवालीले भने, 'उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको...
हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

समाचार
साभार: सेतोपाटी सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए। उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्‍याइए पनि कोरोना भाइरसका कारण अस्पतालहरूमा भेन्टिलेटर र अक्सिजन बेड अभावका भएपछि उनलाइ झापाको बिएण्डसी अस्पताल पुर्‍याइएको थियो। समयमै उपचार सम्भव नभएकै कारण उनको ज्यान गएको अन्सारीले बताए। ...
क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

खेलकुद
Credit: Online Khabar ७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीले सन् २०१९ मा पाउने तलमा १० हजार बढेर आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै  राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन् । निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो । अब ग्रेडिङमा रहेका हरेक तलहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।  ‘क्यान आइसकेपछि पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न सिफारिस गरेको हो’ सचिव प्याकुरेलले अनलाइनखबरसँग भने, ‘त्यो बमोजिम हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ । हाम्रो प्रस्ताव स्वीकृत भएको छ र प्रत्येक तहमा १...
सर्वोच्चको ‘भ्रष्टाचार’ छानबिन समितिको सीमित क्षेत्राधिकार

सर्वोच्चको ‘भ्रष्टाचार’ छानबिन समितिको सीमित क्षेत्राधिकार

राजनीति
काठमाडौँ — न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न भनी गठन गरिएको समिति पुराना प्रतिवेदन अध्ययनमा सीमित हुने भएको छ । समितिका सदस्यहरूलाई सर्वोच्च अदालतले पठाएको पत्र र कार्यादेशमा पुराना प्रतिवेदन अध्ययन गरी अर्को प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ । साभार: कान्तिपुर न्यायपालिकामा विकृति र विसंगति हुन सक्ने भन्दै प्रधानन्यायाधीशको एकल निर्णयबाट गत साउन २९ गते समिति गठन गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिमा न्यायपरिषद्, सरकारी वकिल, बार एसोसिएसनलगायतको प्रतिनिधित्व हुने भनी निर्णय भएको थियो । समितिलाई अनियमितता र भ्रष्टाचार हुन सक्ने क्रियाकलापको अध्ययन गरी रोकथामका उपायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइने भनिएको थियो । सर्वोच्च अदालतले समितिका एक सदस्यलाई पठाएको पत्रमा अनियमितता र भ्रष्टाचार हुन ...
केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

राजनीति
साभार: सेतोपाटी नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिन सुझाव दिएको छ। 'सरकार एउटा अध्यक्षले र पार्टी अर्को अध्यक्षले चलाउने भनिएको छ,' श्रोतले भन्यो, 'पार्टी काममा प्रचण्ड पूर्ण सक्रिय हुने तर प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने भनिएको छ। त्यस्तै प्रधानमन्त्री ओली सरकारको काममा सक्रिय रहने तर प्रचण्डसँग सल्लाह गरेर अघि बढ्ने भन्ने छ।' यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो। कार्यदलको सुझावसँगै अब प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रसंग सकिएको छ। यसअघि प्रधानमन्त्री ओलीले...