२०८१ मंसिर १

Tag: Nepal

नेप्से परिसूचकमा दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कले बढ्यो

शेयर बजार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर रु पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४२ करोड पाँच लाख ९९ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । सोल्टी होटल रु २७ करोड २६ लाख ९६ हजार, हिमालयन डिस्टिलरी रु २२ करोड ३७ ल...
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड

देश, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभएको छ । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिनुभयो । उहाँले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।” धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताउनुभयो । उ...
माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकामा व्यावसायिक पशुपालन राम्रो हुँदै गएपछि दाना चोक्कर उत्पादन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिका दूध उत्पादनमा देशमै नमूना रहेको छ । दूध बिक्रीबाट कृषक...
लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

देश, समाचार
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यका सबै निकायसँगको समन्वय, सहकार्यमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “मूलुकको सर्वाङ्गिण विकास समृद्धि, शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रि...
खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ

राजनीति
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।” थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढीपहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावक...
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे

देश, समाचार
बेलहिया (रुपन्देही), ७ असार (रासस) : भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ । प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो । भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भन्नुभयो, “हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वतःस्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।” भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जना...
चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया टिपाइको मध्य मौसममा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदयका किसान रमेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामिलाई चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको थियो ।” परम्परागतरुपमा चियाको टिपाइ गर्दै आएका किसान प्राविधिक तालिम पाएपछि काममा सहजता भएको बताउँछन् । “विगत वर्षमा भन्दा यस वर्ष सहज तरिकाले चियाको काम गर्न सकिरहेका छौँ”, तालिममा सहभागी किसान रोहित सापकोटाले भन्नुभयो, “तालिमकै कारण चियाको गुणस्तर र उत्पादनमा समेत १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।” तालिम पाएपछि किसानलाई चिया टिप्न म...
मुस्लिम समुदायका बालबालिकामा संस्कृत मोह

मुस्लिम समुदायका बालबालिकामा संस्कृत मोह

शिक्षा
फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतमा मोह बढकको छ । विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् । ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन् । उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ । संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन् । उनी भन्छन्, “संस्कृत सबै भाषाको जननी हो । मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ । संस्क...
कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिनुभयो । “यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्रगतिमा अघि बढेको हो ।” वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका तीन सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् । गण्ड...
व्यावसायिक कृषिमा आकर्षण

व्यावसायिक कृषिमा आकर्षण

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बाँस्तोलाले बताउनुभयो । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उहाँको भनाइ छ । “स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पाद...