अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या
मिलापत्रका लागि दबाब दिने समाजका ‘अगुवा’हरु पक्राउसाभार: रातोपाटीकाठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् । बलात्कृत स्थानीय किशोरीलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले मिलापत्रका लागि पीडित पक्षलाई नै दबाब दिएका कारण ती किशोरीले आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो ।प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घेरे । स्थानीय जुगेश्वरी साहको खेतको आलीमा दुई युवाले राक्षसी स्वरुपमा उनलाई बलात्कार गरे । उनी चिच्याइरहिन् तर उनको रोदन सुन्ने कोही भएन ।अर्का दुई युवाले उनलाई फेरि झम्टिए । बलात्कार प्रयास गरे, कसोकसो त्यहाँबाट फुत्केर उनी घर पुगिन् र आमालाई भनिन् ।डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण ...