२०८१ पुष ९

Tag: SYM NETWORK

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

देश, समाचार
वाशिङ्टन डिसी, २६ जेठ (रासस) : नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ । नेपाल निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिनुहुँदै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भन्नुभयो, “नेपालले मानवअधिकार परिषद्मा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषद्मा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । राष्ट्रसङ्घका परिषद्मा नेपालले नि...
रसुवामा निःशुल्क पशु उपचार सेवा

रसुवामा निःशुल्क पशु उपचार सेवा

देश, समाचार
लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचारहुन थालेको हो । सङ्घीयता कार्यान्वयनसँगै जिल्लाको पशुसेवा कार्यालय नुवाकोटमा गाभिएपछि बन्द सेवा पुनः सञ्चालन हुनु राम्रो काम भएको र पशु उपचारमा सहज भएको किसानले बताएका छन् । उपचार सेवामा कार्यरत पशुस्वास्थ्य प्राविधिकद्वय लक्ष्मण थारू एवं नित्यानन्द सिंहका अनुसार धुञ्चेस्थित साविकको पशुसेवा कार्यालयबाट निःशुल्क उपचार भइरहेको र आवश्यकता र पशुपालक किसानको माग अनुसार घर–घरमै गएर सेवा प्रदान गर्न थालिएको छ । पशु उपचारका लागि ५० भन्दा बढी किसिमको औँषधि रहेको जनाउँदै प्राविधिक थारूले भने कुनैपनि पशुलाई रोग लाग्ने सङ्केत देखिएमा वा रोग लागेमा तुरून्त खबर गरी पशुपक्षीको संरक...
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन

प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन

कर्पोरेट, देश, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको हो । यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११ पण्डितले धार्मिक प्रवचन दिनुभएको थियो । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रही आएको छ । यस अगाडि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । सम्झौता अनुसार लुम्बिनी केबलकार प्रालिले प...
‘Spiny Babbler International Film Festival’ concludes

‘Spiny Babbler International Film Festival’ concludes

नेपाली चलचित्र, मनोरञ्जन / कला
The 'Spiny Babbler International Film Festival, 2923' hosted by Spiny Movies Pvt Ltd concluded on Wednesday in the capital.On the occasion, outstanding filmmakers were felicitated in 14 national and four international genres. Minister for Youth and Sports Dig Bahadur Limbu handed over the certificates to the outstanding performers. Delivering his remarks, Minister Limbu promised to take the problems facing by film sector to the cabinet while listening to their discontents on recent budgetary allocations.'I am in service of you. Please share your problems before me without any hesitation. Also continue your vigilance to have your demands address', he said, adding, 'We have a shared goal despite being in different sector. We are working to contribute to make the nation prospero...
साइलेज उद्योग सञ्चालनमा

साइलेज उद्योग सञ्चालनमा

अर्थतन्त्र, समाचार
दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गरिन्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो । उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०÷५० प्रतिशत लगानी छ । कूल रु ४२ लाख ३५ हजार लागतमा स्थापना भएको सो उद्योगको बुधबार भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन गर्नुभयो । उहाँले साइलेज उद्योग स्थापनाले यस क्षेत्रका किसानले लाभ प्राप्त ग...
महिलाको नाममा भू–स्वामित्व बढ्दै

महिलाको नाममा भू–स्वामित्व बढ्दै

देश, समाचार
मालपोत कार्यालयबाट हुने रजिस्टे«सनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय ५० महिलाको भने श्रीमान्बीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिनुभयो । बाइस हजार छ सय ५४ महिला रहेको रस...
तनहुँमा कृषकलाई मौरीसहितको घार

तनहुँमा कृषकलाई मौरीसहितको घार

उद्यमशीलता
कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिनुभयो । त्यसैगरी म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको उहाँले बताउनुभयो । त्...
कृषि व्यवसायमा रमाउँदा …

कृषि व्यवसायमा रमाउँदा …

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बन्नुभएको छ । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिनुभएका उहाँ युवाको उत्प्रेरणाको स्रोत बन्नुभएको छ । करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लाग्नुभएका उहाँ यही पेसामा रमाउनुभएको छ । हालसम्म व्यावसायिक गाईपालनका लागि रु १५ लाख बढी लगानी गरिसकेको उहाँको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उहाँले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । दाँवाली कृषि तथ...
शुक्लाफाँटामा खानेपानी समस्या हट्दै

शुक्लाफाँटामा खानेपानी समस्या हट्दै

देश, समाचार
शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताउनुभयो । “खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि वर्षौंदेखिको शुद्ध पेयजल पिउने सपना साकार हुने भएको छ”, उहाँले भन्नुभयो । वडमा नगरको गौरवको योजनाअन्तर्गत रु छ करोड आठ लाख ९८ हजार आठ सय ६९ को लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिकाका इञिजनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र सङ्घीय सरकारको ५०÷५० प्रतिशत लागत साझेदारी रहेको छ । खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ । आयोजना आगाम...
पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

नेपाली चलचित्र
कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो । महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताउनुभयो । “प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य ...