वर्डफ्लु पीडित किसानलाई राहत
जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२देखि २०७९ असार ७ गतेसम्म जिल्लामा वर्डफ्लुको सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका अन्य बस्तुसमेत मूल्याङ्कन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलव्ध गराएको उहाँले बताउनुभयो ।
प्रमुख केसीले भन्नुभयो “वर्डफ्लु पीडित किसानलाई रु ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ । ”
उहाँले भन्नुभयो, “३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम ...