डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम
Representative Image
डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ ।
यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताउनुभयो ।
विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न...