२०८१ मंसिर ३

Tag: SYM NETWORK

मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग

मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग

SYM शुद्ध सकारात्मकता, देश
बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ । सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ । पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । आज मैथिल ‘जुड–शीतल’ पर्वको पहिलो दिन ‘सतुवाइन’ मनाउँदैछन् । पर्वको दोस्रो दिन अर्थ...
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

देश
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताउनुभयो । “विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ । मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै नेता कोइरालाले अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत...
नापी र मालपोत कार्यालय एकीकृत गरिने

नापी र मालपोत कार्यालय एकीकृत गरिने

देश, समाचार
भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताउनुभयो । नापी विभागका कर्मचारीलाई आज सम्बोधन गर्दै उहाँले नापी प्रशासक विषयगत विज्ञ र दक्ष भएकाले यो दक्षताको प्रयोग जनताले सरल र झन्झटरहित हिसाबले सेवा पाउनुपर्ने उहाँको भनाइ थियो । ती दुई कार्यालयलाई एकीकृत गरिएमा सरकारी खर्चमा केही हदसम्म मितव्ययितासमेत कायम गर्न योगदान पुग्नेछ । सचिव डा रेग्मीले भन्नुभयो, “देशमा भूमि हुने र नहुने दुवैमा भूस्वामित्व हुनु आवश्यक हुन्छ, नापीले सबै जग्गाको विवरण तयार गरी भूमिहीनलाई समेत भूस्वामित्व दिने वातावरण निर्मा...
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री

सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री

देश, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताउनुभयो । “निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ भन्ने म सहमत छु । कन्टेन्टका रूपमा छलफल गरौँला, नीतिगतरूपमा प्रतिस्पर्धा गर्न लायक संस्था हामी बनाऔँ । कहाँनेर कमजोरी छ, दफाबार छलफलका क्रममा अगाडि बढौँ”, उहाँले भन्नुभयो । विधेयकमा नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालनका लागि राज्यको दायित्वबाट वञ्चित नगरिएको उल्लेख गर्दैै मन्त्री शर्माले राज्यले लगानी पनि गर्ने ...
इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

देश, समाचार
इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ । इन्टरनेट सेवा प्रदायकका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा आज आयोजित विशेष भेलाले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्नेसमेत नीति लिएको छ । इन्टरनेट सेवा प्रदायकहरुबीच सहकार्य गर्न आह्वान गरिएको उक्त भेलामा सेवा प्रदायहरुको बृहत् छलफलपश्चात् इन्टरनेट सेवा र त्यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । भेलाले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवम् गरिमामय बनाउनका लागि आवश्यक छलफल/हातेमालो/सहकार्य गर्दै जाने निर्णय पनि गरेको छ । ...
मिटरब्याज पीडितसँगको आजको वार्ता सकारात्मक

मिटरब्याज पीडितसँगको आजको वार्ता सकारात्मक

देश, समाचार
सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता आज सकारात्मक रुपमा टुङ्गिएको छ । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो । आइतबार शान्तिवाटिकामा भएको वार्ता आज भने गृह मन्त्रालयमा भएको थियो । “आजको वार्तामा उनीहरुका माग सुन्ने काम भयो, हामीले टिपोट गरेका छौँ, नीतिगत रुपमा समाधान के गर्न सकिन्छ भनेर छलफल पनि भयो”, कोइरालाले भन्नुभयो, “माग कसरी सम्बोधन गर्न सकिन्छ र विकल्प के हुनसक्छ भनेर पनि छलफल भएको छ, उनीहरुले छलफल गरेर आउँछौँ भन्नुभएको छ, भोलि पुनः वार्ता हुनेछ ।” वार्तामा पीडितहरुले तीन किसिमका माग राखेको कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार एउटा प्रशासनिक, दोस्रो नीतिगत र तेस्रो कानुनी प्रश्नसहितको माग राखेका छन् । त्यसमध्ये पीडकले धम्क्य...
कृषकलाई माछाका भुरा वितरण

कृषकलाई माछाका भुरा वितरण

SYM शुद्ध सकारात्मकता
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गर्नुभयो । मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । भुरा नवलपरासीबाट खरिद गरिएको हो । व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन । ...
भक्तपुरमा आजदेखि बिस्काः जात्रा

भक्तपुरमा आजदेखि बिस्काः जात्रा

देश, समाचार
आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पु¥याउने लक्ष्य छ ।” पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पु¥याउने चलन थियो । यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याइ पहिलो ...
अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

देश, समाचार
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार उहाँहरु पदोन्नती हुनुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गर्नुभयो । महानिरीक्षक कुँवरले भन्नुभयो, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारी मनग्यै छन्, तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका कार्यहरू उच्च मनोबलका साथ सम्पन्...
विकासमा सबैकाे अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग

विकासमा सबैकाे अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग

देश, समाचार
गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ । यही चैत २३ र २४ सम्म चलेको महासङ्घको राष्ट्रिय नागरिक सम्मेलनले १९ बुँदे ‘नागरिक सम्मेलन घोषणापत्र’ जारी गर्दै सुरक्षित सडक सञ्जाल निर्माण एवं जलवायु न्याय कार्यमार्फत विपद् उत्थानशील राष्ट्र निर्माण हुनेगरी सरोकारवालासँग सहकार्य गर्न माग गरेको हो । महासङ्घले जलवायु परिवर्तनको असरस्वरुप देशका विभिन्न भूभाग बाढी, पहिरो, डुबान, कटानका कारण उच्च जोखिममा रहेको र ठूलो क्षति व्यहोर्नु परेको जनाएको छ । घोषणापत्रमा दिगो विकास लक्ष्यको मर्मलाई आतमसात् गर्दै सबै सरोकारवालासँगको सहभागितामा कार्यान्वयनको योजना निर्माण गरी स्थानीयकरण गर्न र हासिल भएका उपलब्धिलाई एकीकृत तथ्याङ्ककीकरण प्रणाली विकास गरी विकासमा सबैको अधिकार सुन...