२०८१ पुष ७

Tag: SYM NETWORK

ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल

ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल

कभर स्टोरी, कर्पोरेट
भेन्चर क्यापिटल र आक्रामक इन्भेष्टमेन्ट कम्पनीका रूपमा प्रचलित ए.एफ.टी.आई कर्पोरेसनले आफ्नो स्थापनाको ६ वर्ष यताकै उच्चतम लाभांस वितरण गर्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को नाफा र अन्य शीर्षकको आम्दानी बाट हालसम्म कायम शेयरधनीहरुलाई लगानी उपज ३५% लाभांस वितरण गरिने भएको हो। सम्पूर्ण लगानीहरु बाट औसतमा ६५% नाफा आर्जन गरेको ए.एफ.टी.आई ले लगानी कोषमा रकम जम्मा गरी बाकी रकम लाभांसका रूपमा वितरण गर्न लागेको हो। संस्थाका सामूहिक सिईओ श्रद्देश आचार्यले अब आउँदो समयमा आफू मातहत रहेका संस्थाहरूमा बाहिरी लगानी भित्रयाउने सूचना हामीलाई प्रदान गरे। नयाँ लगानीकर्ताका लागि उचित माहोल बनाउन र आफू तथा आफ्नो संस्थालाई सार्वजनिक अध्ययनका लागि खुला राख्न आउने दिन देखि त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने निर्णसमेत आचार्यले गरेका छन्। "हाल रहेका सम्पूर्ण दीर्घकालीन दायित्वहरु न्यून पार्ने...
कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर

कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर

शेयर बजार
१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् । विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको सो सेयर खरिद गरेका हुन् । कान्तिपुर सहकारीका अध्यक्ष समेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५६१ र नारायणप्रसाद रिमालको ६६ हजार ८८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् । कान्तिपुर सहकारीले पछिल्लो एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले पनि बचतकर्ताको रकम फिर्ता गर्न ताके...
तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेपालमा उत्पादित लुगाले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार पाउन थालेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने धेयले युवा व्यवसायीहरू नेपालमै विभिन्न परिहन बनाउने उद्यममा लागेका छन्। यस्तै उद्यमीको एक कम्पनी हो 'त्रिकाया निटवेयर'। ६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो। त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर। श्वेताका अनुसार बजार प्रतिस्पर्धात्मक भएकाले नेपालमा बनेको लुगाले नेपालमै बजार पाउन मुस्किल छ। धेरै मानिसमा नेपाली लुगा गुणस्तरीय हुँदैन भन्ने धारणा पाइन्छ। मानिसहरूको यही धारणा चिर्ने र बुनेको लुगा प्रवर्द्धन गर्ने उद्देश्यले त्रिकाया स्थापना गरेको उनले बताइन्। 'स्वदेशमा उत्पादित लुगाले पनि अन्तर्राष्ट्रिय बजारमा प...
Watch Nepal VS India LIVE with SYM Network | Quarter Final – Asian Games 2023

Watch Nepal VS India LIVE with SYM Network | Quarter Final – Asian Games 2023

खेलकुद
https://www.youtube.com/watch?v=OxRng76TUlw The quarter-finals match between India and Nepal in the 2023 Asian Games cricket tournament is currently underway, and it has garnered significant attention from cricket enthusiasts and fans alike. In this T20 encounter, India has posted a competitive target of 203 runs for Nepal to chase. The atmosphere in the stadium is filled with excitement as supporters from both nations have come out in large numbers to back their respective teams. India's innings showcased strong batting performances, with their top-order batsmen consistently finding boundaries and clearing the ropes. Nepal's bowlers faced a challenging task as they attempted to restrict the Indian batting lineup. As Nepal begins their innings, cricket fans eagerly...
मनै हल्लाउने एउटा उत्कृष्ट इरानी फिल्म, हेर्नुहोस् युट्युबमा : Saturday Cinema

मनै हल्लाउने एउटा उत्कृष्ट इरानी फिल्म, हेर्नुहोस् युट्युबमा : Saturday Cinema

मनोरञ्जन / कला
इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू! आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छ। माजिद माजिदी यस्तै प्रख्यात फिल्म बनाउने निर्देशक हुन्। उनका फिल्ममा पनि यस्ता विशेषता भेटिन्छन्। अझ उनी इरानका मात्र नभई संसारकै उत्कृष्ट निर्देशकमा गनिन्छन्। उनको फिल्म 'चिल्ड्रेन्स अफ हेभन' अस्कर मनोनयनमा परेको थियो। 'चिल्ड्रेन्स अफ हेभन' बाहेक 'कलर अफ पाराडाइज', 'बारान', 'द सङ अफ स्प्यारोज' आदि उनका अत्यधिक रूचाइएका फिल्म हुन्। आज गुड फ्राइडे सिनेमामा हामीले उनको फिल्म 'द विल्लो ट्री' सिफारिस गरेका छौं। पर्सियन भाषाको यो फिल्म अंग्र...
प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

अर्थतन्त्र
५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने छ । तर, नाका खुल्ने यकिन भने बेइजिङमा सम्झौता नभई भन्न नसकिने अधिकारीहरु बताउँछन् । यस अघि मौसमी रुपमा वर्षमा २ पटक मात्रै खुल्ने सो नाका कोरोना महामारीका कारण ४ वर्षदेखि बन्द अवस्थामा छ । मुस्ताङको सदमुकाम जोमसोमबाट ११२ किलोमिटर टाढा रहेको उक्त नाका खोल्न चिनियाँ पक्षले संकेत गरेपछि नेपालले नाकामा तयारी थालेको हो । नाका खोल्ने तयारीका लागि केही समय अघि चीनले परराष्ट्र मन्त्रालयमार्फत ...
अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

देश
काठमाडौँ । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् । तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क। बमोजिम स्वघोषणा गर्नुपर्ने छ ।यस्तै संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न अनुसुची–८ (ग) वमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैमध्ये ज...
‘पढ्दै कमाउँदै’ कृषि विज्ञानका विद्यार्थी, तरकारी बेचेर कमाए २ लाख

‘पढ्दै कमाउँदै’ कृषि विज्ञानका विद्यार्थी, तरकारी बेचेर कमाए २ लाख

उद्यमशीलता, कभर स्टोरी, देश, समाचार
हिमाली जिल्ला मुगुकी सबिना बुढा क्षेत्री दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माध्यमिक विद्यालयमा कृषि विज्ञान अन्तर्गत ‘बाली विज्ञान’ विषयकी विद्यार्थी हुन्। पढाइसँगै उनी विद्यालयको खेतमा काम गर्छिन्। कृषक आमाबुबाकी छोरी उनले आफ्नो गाउँमा पनि खेतीको काम गरेकै थिइन्। कृषिकर्ममा अभ्यस्त थिइन्। उता मुगुको आफ्नो गाउँमा बाली तयार हुन धेरै दिन लाग्थ्यो। तरकारी पनि वर्षमा एक पटक मात्रै हुन्थ्यो। दाङमा भने सविनाको अनुभव फरक छ। 'यहाँ त एकै वर्षमा एउटै तरकारी तीन/चार पटक उत्पादन हुन्छ। मेरा लागि यो निकै नौलो अनुभव भएको छ। खेती गर्ने तरिका गाउँको भन्दा धेरै फरक रहेछ,' उनले भनिन्। कृषि विषयको विद्यार्थी भएपछि उनले ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएकी छन्।सविना हाल डिप्लोमा तेस्रो वर्षमा पढ्दै छिन्। उनी र उनका सहप...
विदेशबाट फर्केर गर्न थाले फूल खेती, भन्छन्- खुसी पैसाले मात्र मिल्दो रहेनछ!

विदेशबाट फर्केर गर्न थाले फूल खेती, भन्छन्- खुसी पैसाले मात्र मिल्दो रहेनछ!

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, देश, समाचार
इमानदारीपूर्वक कमाउन लगन चाहिन्छ। अझ बढी अठोट र योजना चाहिन्छ। यही सूत्र आत्मसात गरेर व्यवसायी बनेका छन् रोल्पाका लोकेन्द्र रोका मगर। २०६० सालको दशक, मुलुकमा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। तत्कालीन विद्रोही नेकपा माओवादीको उद्गम थलो मानिने रोल्पामा जनजीवन कठिन भयो। अशान्तिकै कारण लोकेन्द्रको पनि पढाइ छुट्यो। राज्य वा विद्रोही पक्ष कतै नलागी बस्छु भन्न पनि असम्भव हुँदै गयो। युवाहरूको जीवन खुकुरीको धारमा थियो। गाउँमा बसेर कुनै हानी नहोओस्, बरू केही कमाइ होओस् भनेर बुबा, श्रीमती र दिदीहरूले उनलाई विदेश जान सुझाए। उनका एक छोरा पनि जन्मिसकेका थिए। अनि परिवारै छाडेर, २०६० सालमा, २० वर्षको उमेरमा लोकेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गए। द्वन्द्वको आगो दन्किरहेको समयमा देश छोड्दै गर्दा लोकेन्द्रले भने जीवनमा खुसीको फूल फुलाउन...