सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार
पानीपुरी! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन। इम्ली, धनियाँ र खुर्सानीको अमिलो झोलकै सम्झनाले पारखीहरूको मुख रसाउँछ।
तर जहाँ पुगेर खाए पनि स्वाद उही! पारा उही!
यो स्वादमा केही फरक भए हुन्थ्यो भन्ने लागेको छ भने अब विकल्प छ। काठमाडौंका पारखीहरू 'पानीपुरी बार' जान सक्छन्।
यो पानीपुरी बार कपनमा छ। चाबहिलको गोपीकृष्ण हल हुँदै सरस्वतीनगर पुग्नुपर्छ। त्यहाँ सिटिजन्स बैंक रहेको भवनको भुइँतलामा सानो सटर छ। त्यहीँ हो!
यहाँ सात किसिमको स्वादमा पानीपुरी खान पाइन्छ। आफूलाई मन पर्ने वा चाख्न मन लागेको स्वादको झोल आफ्नै हातले बटन थिचेर स्वचालित मेसिनबाट पानीपुरीमा भरेर खाए हुन्छ। बिक्रेताका अगाडि प्लेट बोकेर उभिनुपर्दैन।
यो बार चलाएका हुन् २७ वर्षीय दामोदर बस्यालले। उनका अनुसार बारमा धनियाँ, पुदिना, कागती, अदुवा, ताम...