तरकारी खेती र महिलाहरुको सक्रियता
गलकोट । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुन र बागलुङ नगरपालिका–३ मूलपानीकी शरु बस्नेतले व्यावसायिक तरकारी खेतीबाटै मासिक रु एक लाख बढी कमाउँदै आएका छन् । लालकुमारी अब कृषक मात्र होइन, उनको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय गाउँपालिकामा बनेको छ । त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैडा घर भई बागलुङ नगरपालिका–३ मा आठ वर्षदेखि व्यावसायिक कृषि गर्दै आएकी शरु पनि जिल्लामा अब्बल महिला कृषकका रुपमा परिचय बनाउँदै आएकी छिन्।
चौध वर्षदेखि कृषिमा समर्पित लालकुमारी गाउँका अन्य दाजुभाइ दिदीबहिनीलाई समेत व्यावसायिक...