बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ
६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको हो । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ ।
Advertisement
शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो ।
प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या...