नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु
२६ माघ, चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ ।सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो ।Advertisementनदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ ।यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो । भित्ता काटेर सवारी सञ्चालन भैरहेको छ ।भासिएको स्थानमा ८२...