‘श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !’ : इजलाशमा शम्भु थापा
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ ।
सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अधैर्य भएको टिप्पणी गरेका छन् । सोमबारको बसहमा उनले भने –‘प्रधामन्त्री र राष्ट्रपतिले एकछिन पनि धैर्य गर्न सकेनन् ।’ तर, इजलाशमा प्रधानन्यायाधीशसहितका अन्य चार चार न्यायाधिशले धैर्यता देखाएको भन्दै थापाले प्रसंसा गरे । थापाले भने–‘श्रीमान्हरुको धैर्यता त विशाल छ है ।’
Advertisement
आइतबारदेखि शुक्रवार अनि, फेरि निरन्तर सुनुवाइ गरेर न्यायाधीशहरुले धैर्यता देखाएको भन्दै थापाले प्रशंसा गरेपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हाँस्द...